IME Life New

बीमा प्राधिकरणको तथ्यांकमा त्रुटि! बाढीपहिरोको क्षतिमा बीमा दाबीको पौने ७१ करोडको हिसाब खोइ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयपछि नेपाल बीमा प्राधिकरणले गत वर्ष असोजको दोस्रो साताको अविरल वर्षापछि सिर्जित बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी र भुक्तानीसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ।

बीमा प्राधिकरणले जेठ २८ गतेसम्ममा १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकमा परेको बीमा दाबी र भुक्तानीसम्बन्धी विवरण सार्वजनिक गरेको हो। प्राधिकरणले सार्वजनिक गरेको विवरणमा करिब पौने ७१ करोड रुपैयाँको हिसाब फरक परेको देखिएको छ।तथ्यांकअनुसार १८ वटा कम्पनीमा ३ हजार ७१२ वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको १२ अर्ब २७ करोड ५७ लाख ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

Esewa
Crest

प्राधिकरणकै तथ्यांकअनुसार ती बीमा कम्पनीहरुले ३ हजार ६५ वटा दाबीको ४ अर्ब ८७ करोड ४२ लाख ५२ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ। कुल दाबी रकमको कम्पनीहरुले ३९.७१ प्रतिशतमात्रै भुक्तानी गरेका छन्।

यसैगरी प्राधिकरणकै तयांकअनुसार कम्पनीहरुले अझै ६९६ वटा दाबीको कम्पनीहरुले ६ अर्ब ६९ करोड ४२ लाख १ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ। यो बाँकी रकम कुल दाबी रकमको ५४.५३ प्रतिशत देखिन्छ।

प्राधिकरणको त्रुटि !

प्राधिकरणको तथ्यांकअनुसार हालसम्म कम्पनीहरुमा ३ हजार ७१२ दाबी परेको छ। तीमध्ये ३ हजार ५६ दाबीको भुक्तानी भइसकेको छ भने भुक्तानी हुन बाँकी दाबी ६९६ रहेको छ। कुल दाबी संख्यामा भुक्तानी भएको दाबी संख्या घटाउँदा ६५६ वटामात्रै दाबीको भुक्तानी गर्न बाँकी देखिन्छ। तर, प्राधिकरणको तथ्यांकले ६९६ वटा दाबीको भुक्तानी हुन बाँकी रहेको देखाउँछ। यो हिसाबले यहाँनेर ४० वटा दाबी फरक परेको छ।

अर्कोतर्फ दाबी भुक्तानीको रकमको कुरा गर्दा पनि फरक फेला परेको छ। प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुबाट ३ हजार ५६ वटा दाबीको ४ अर्ब ८७ करोड ५२ लाख ५२ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ। त्यस्तै कम्पनीहरुबाट ६९६ वटा दाबीको ६ अर्ब ६९ करोड ४२ लाख १ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको देखिन्छ।

उता कम्पनीहरुमा हालसम्म कुल ३ हजार ७१२ वटा दाबीको १२ अर्ब २७ करोड ५७ लाख ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कुल दाबी रकममा भुक्तानी भएको रकम ४ अर्ब ८७ करोड ४२ लाख ५२ हजार रुपैयाँ घटाउँदा भुक्तानी हुन बाँकी ७ अर्ब ४० करोड १४ लाख ५३ हजार रुपैयाँ रहेको देखिन्छ। प्राधिकरणको तथ्यांकअनुसार भुक्तानी हुन बाँकी दाबी रकम भने ६ अर्ब ६९ करोड ४१ लाख १ हजार रुपैयाँ रहेको देखिन्छ। यो हिसाबले ७० करोड ७२ लाख ५२ हजार रुपैयाँ दाबी रकम फरक परेको देखिन्छ। जुन ५.७६ प्रतिशतबराबर हुन आउँछ।
प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा दाबी भुक्तानी रकम दिनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४२८ वटा दाबीको १ अर्ब ६७ लाख ५९ हजार रुपैयाँ भुक्तानी गरेको छ। अब यो कम्पनीले ८६ वटा वटा दाबीको ८० करोड ४२ लाख ७५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ।

बीमा प्राधिकरणका एक अधिकारीले कम्पनीहरुको दाबी भुक्तानी प्रक्रिया अलि फरक हुनेले ठक्कै जोड–घटाउ नमिल्ने बताए। त्यसैले तथ्यांकमा परेको हुन सक्ने ती अधिकारीको भनाइ छ।

ती अधिकारीले भनेअनुसार बीमकका सम्बन्धित कर्मचारी र बीमा कम्पनीले यो तथ्यांक बुझ्लान् तर आमपाठकले यो विवरण हेर्दा हिसाब नमिलेको कसरी बुझ्ने ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS