IME Life New

साना किसान विकास लघुवित्तको वित्तीय विवरणमा त्रुटि नै त्रुटि, १० दिनपछि सच्चायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा त्रुटि नै त्रुटि फेला परेको छ।

संस्थाले करिब १० अगाडि सार्वजनिक गरेको वित्तीय विवरणमा त्रुटि नै त्रुटि फेला परेको हो। संस्थाले आज एक सूचना प्रकाशित गरी नाफादेखि ब्याज आम्दानीसम्ममा देखिएका त्रुटि सच्चाइएको जनाएको छ।

Esewa
Crest

संस्थाले गत वैशाख २९ गते चालु आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरण प्रकाशित गरेको थियो। त्यसमा संस्थाले ५४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको देखाइएको थियो। आज सच्चाउँदै संस्थाले २ करोड ७२ लाख रुपैयाँमात्रै नाफा भएको जनाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ५३ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले कम्पनीको नाफामा ९४.९० प्रतिशतको संकुचन आएको छ। जब कि वैशाख २९ गते प्रकाशित वित्तीय विवरण अनुसार संस्थाको नाफा १.९६ प्रतिशतले बढेको देखाइएको थियो।

यसैगरी वैशाख २९ गते प्रकाशित वित्तीय विवरणमा संस्थाले ७९ करोड १७ लाख रुपैयाँ नै सञ्चालन मुनाफा भएको देखाएको थियो। आज भने त्यसलाई सच्चाउँदै संस्थाले ३ करोड ८९ लाख रुपैयाँमात्रै सञ्चालन मुनाफा भएको जनाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ५३ करोड ४५ लाख रुपैयाँ भएको थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको सञ्चालन मुनाफा पनि ९५.३३ प्रतिशतले घटेको छ।

संस्थाले १० अघि प्रकाशित वित्तीय विवरणमा तेस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको देखाएको थियो। आज सच्चाउँदै संस्थाले ४२ करोड ५२ लाख रुपैयाँमात्रै ब्याज आम्दानी भएको जनाएको छ।

अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ अर्ब ५७ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। यस हिसाबले अघिल्लो वर्षको तुलनामा संस्थाको ब्याज आम्दानी पनि ७२.९२ प्रतिशतले घटेको छ।

अधिकांश सूचक घटे पनि वैशाख २९ गते प्रकाशित वित्तीय विवरण सूचकहरु सबल नै रहेको देखाइएको थियो। यसरी त्रुटिपूर्ण सूचक १० दिनपछि सच्चाउनुलाई नियमनकारी निकायहरुले कसरी हेरिरहेका भन्ने आमचासोको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS