IME Life New

अब इन्जिनियर पढेका पनि नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न योग्य हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद सम्बन्धि योग्यतामा नेपाल सरकारले अध्यादेशमार्फत् संशोधन गरेको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ मार्फत् इन्जिनयरिङमा स्नातकोत्तर तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको व्यक्ति पनि अध्यक्ष नियुक्तिका लागि योग्य हुने गरी  बीमा ऐन २०७९ संशोधन गरेको हो।

बीमा ऐन २०७९ को दफा ८ मा अध्यक्ष वा सदस्यको योग्यता सम्बन्धि व्यवस्थामा “ बीमा, माैद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयˮ मा स्नातकोत्तर तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने व्यवस्था छ।

Esewa
Crest

अध्यादेशमार्फत् ऐन संशोधनसँगै अब इन्जिनियरिङ पढेका प्राविधिक विशेषज्ञले पनि बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि योग्य हुनेछन् ।

यसैगरी सञ्चालक समिति सदस्यमा प्रतिनिधित्वका लागि भाैतिक पूर्वाधार मन्त्रालयका प्राविधिक सहसचिवले समेत अवसर पाउने भएका छन् । बीमा ऐन, २०७९ को दफा ६ को उपदफा (१) (ग) मा (ग१) थपेर सहसचिव (प्राविधिक), भाैतिक पूर्वाधार क्षेत्र हेर्ने मन्त्रालय सदस्य भन्ने प्रावधान थप गरिएको छ। उपदफा १(ग) मा  कानून न्याय तथा संसदीय मन्त्रालय सदस्य रहने प्रावधान थियो । अब अध्यादेशमार्फत् ऐनको प्रावधान संशोधनसँगै कानून मन्त्रालय वा भाैतिक पूर्वाधार मन्त्रालयमध्ये कुनै एक मन्त्रालयको सहसचिव सदस्य पदमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS