IME Life New

इन्टर्नलाई न्यूनतम पारिश्रमिक नदिने रोजगारदातालाई कारबाही गर्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमी श्रमिक (इन्टर्न)लाई न्यूनतम पारिश्रमिक दिने रोजगारदातालाई कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। यसका साथै श्रम ऐन, २०७४ तथा प्रचलित कानुनबमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।

Esewa
Crest

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकका रुपमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीका साथै अन्य विभिन्न प्रतिष्ठानमा कार्यरत व्यक्तिहरुबाट तोकिएबमोजिमको न्यूनतम पारिश्रमिक तथा अन्य सुविधाहरु नपाएको भन्ने उजुरी तथा गुनासाहरु प्राप्त भएको मन्त्रालयले जनाएको छ। ‘यसमा गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्रालयले भनेको छ।

त्यस्ता तालिमी श्रमिकलाई श्रम ऐन र प्रचलित कानुनविपरीत न्यूनतम पारिश्रमिकलगायतका सुविधाबाट वञ्चित गराएको पाइएमा कानुनबमोजिम कारबाही आकर्षित मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS