IME Life New

कर्मचारी सञ्चय कोषले रिसोर्ट, मल र हाउजिङलाई दिएको कर्जा डुब्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले परियोजना तथा संगठित संस्थामा लगानी गरेको कर्जामध्ये झन्डै ४ अर्ब रुपैयाँ खराब कर्जामा परिणत भएको छ।

कोषको आर्थिक वर्ष २०८०।८१ को वित्तीय प्रतिवेदनअनुसार कोषले विभिन्न ६ वटा कम्पनी, ४ उद्योग र एउटा होटलसमेत कुल ११ वटा व्यापारिक संस्थामा गरेको कर्जा लगानीमध्ये ३ अर्ब ९९ करोड १७ लाख रुपैयाँ असुलउपर हुन बाँकी छ। यो रकममा साँवासँगै असुलउपर हुन बाँकी रहेको ब्याजसमेत समावेश छ। आर्थिक वर्ष २०७९।८० को अन्त्यसम्ममा परियोजना कर्जावापतको कुल १ अर्ब १९ करोड ९६ लाख २७ हजार रुपैयाँ असुली हुन नसकेर खराब कर्जामा परिणत भएको थियो।

Esewa
Crest

कोषले व्यवसायी सुधीर बस्नेतको कोहिनुर हाउजिङमा र अर्का व्यवसायी इच्छाराज तामाङको सीटीसी मलमा गरेको लगानी लामो समयदेखि असुलउपर हुन नसकेपछि खराब कर्जामा परिणत भएको हो। यसैगरी फुलबारी रिसोर्टमा कोषले ३१ करोड रुपैयाँ लगानी गरेको थियो।

षले गत आर्थिक वर्ष २०८०।८१ सम्ममा परियोजना तथा संगठित संस्थाहरुमा कुल ८७ अर्ब ३२ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसअघि आर्थिक वर्ष २०७९।८० मा परियोजना तथा संगठित संस्थाहरुलाई कर्जा तथा सापटी वापत कुल ८४ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको थियो।

कोषको कर्जा लगानी तथा असुली नीति २०७७ को बुँदा नम्बर ८.२.३ (ख) बमोजिम कर्मचारी सञ्चय कोषले प्रवाह गरेको कर्जामध्ये कर्जा लगानी तथा असुली कार्यविधि तथा सम्झौता अनुसार साँवा र ब्याज असुल नभएकोले थप छानबिन गरी ऋणको साँवा र ब्याज असुल गर्न महालेखापरीक्षकको कार्यालयले ६२ औँ प्रतिवेदनमार्फत सुझाव दिएको छ।

आर्थिक वर्ष २०७९।८० मा अपर तामाकोशी जलविद्युत कम्पनीको कर्जामा असार मसान्तमा आउनुपर्ने किस्ता र ब्याज प्राप्त नभएकोले निगरानी सूचीमा राखेर ५ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपरेको थियो।

कोषले नेपाल वायु सेवा निगमलाई २ थान ए३२० न्यारोबडी एयरबस र १ थान ए३३० वाइडबडी जहाज खरिद गर्नका लागि दिएको ऋणको साँवाको किस्ता र ब्याजबापतको रकम समयमै असुलउपर हुन नसकेपछि आव २०८०।८१ सम्ममा पुँजीकरण भएर २८ अर्ब ५७ करोड ३५ लाख रुपैयाँ नाघेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS