IME Life New

शेयर बजारमा रू ६१ अर्ब नाघ्यो कर्मचारी सञ्चय कोषको लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोष धितोपत्र बजारका लागि ठूलो संस्थागत लगानीकर्ता मानिन्छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तथ्यांक हेर्दा धितोपत्र बजारमा कोषको लगानी शत प्रतिशतले बढेको छ।

कोषले प्रकाशन गरेको अपरिष्कृत त्रैमासिक वित्तीय विवरणअनुसार कोषले गत चैत मसान्तसम्ममा धितोपत्र बजारमा कुल ६१ अर्ब २२ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ। गत आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा धितोपत्रमा कोषको कुल ३० अर्ब ७३ करोड ६९ लाख रुपैयाँ लगानी थियो। ९ महिनाको अवधिमा धितोपत्र बजारमा कोषको लगानी ९९.१९ प्रतिशतले बढेको हो।

Esewa
Crest

कोषका अनुसार कुल सम्पत्तिको आकार ६ खर्ब १० अर्ब रुपैयाँ नाघेको छ। अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कोषसँग कुल ६ खर्ब १० अर्ब २९ करोड रुपैयाँबराबरको नगद मौज्दात, शेयर स्वामित्व र लगानीसहितको सम्पत्ति रहेको छ। गत असार मसान्तसम्मको तुलनामा कोषको सम्पत्ति ९ महिनाको अवधिमा ६.९ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म कोषसँग कुल ५ खर्ब ७० अर्ब ८५ करोड रुपैयाँ बराबरको सम्पत्ति थियो।

कोषका अनुसार सबैभन्दा बढी सञ्चयकर्तालाई कर्जा तथा सापटीबापत उपलब्ध गराइएको रकम छ। सञ्चयकर्ताले यस्तो प्रयोजनका लागि २ खर्ब ८१ अर्ब ४९ करोड रुपैयाँ उपभोग गरेका छन्। कोषसँग बैंक तथा वित्तीय संस्थामा १ खर्ब ५७ अर्ब ३४ करोड रुपैयाँमा निक्षेप छ।

जलविद्युत आयोजना, नेपाल वायु सेवा निगमलगायतका ठूला कम्पनीमा कोषले ८७ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ। असारको तुलनामा यस्तो लगानीको आकार ५१ करोड ३९ लाख रुपैयाँले बढेको छ।

सरकारी स्वामित्वको अर्को कोष व्यवस्थापक नागरिक लगानी कोषसँग कुल ३ खर्ब ७२ करोड रुपैयाँबराबरको सम्पत्ति छ। धितोपत्र बजारमा नागरिक लगानीले कुल ३१ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ।

कोषसँग भएको सम्पत्तिको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामा दीर्घकालीन निक्षेपमा राखिएको छ। कोषको अपरिष्कृत वित्तीय विवरणअनुसार मुद्दति निक्षेपमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल १ खर्ब ५४ अर्ब ३८ करोड रुपैयाँ लगानी गरिएको छ।

नागरिक लगानी कोषबाट सहभागीहरुले गत चैत मसान्तसम्ममा कुल ५६ अर्ब ७१ करोड रुपैयाँ कर्जा तथा सापटी उपभोग गरेका छन् । गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा यस्तो कर्जा लगानी १०.८७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS