IME Life New

धितोपत्र बोर्डका कर्मचारी १४ दिनदेखि आन्दोलनमा, स्वयत्तता कायम राख्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेवासुविधा कटौतीको विषयलाई लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले थालेको आन्दोलन आज पनि जारी राखेका छन्।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले आन्दोलन जारी राखेका हुन्। उनीहरुले कर्मचारीले पाउँदै आएको सेवासुविधा कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन र धितोपत्र बोर्डको स्वायत्तता कायम राख्न माग गरेका छन्।

Esewa
Crest

गत भदौ ३१ गते अर्थ मन्त्रालयले परिपत्र जारी गर्दै धितोपत्र बोर्डको स्थापनाकालदेखि नै कर्मचारीले उपभोग गर्दै आएका विभिन्न सेवासुविधामा कटौती गर्ने र विगतदेखि हालसम्म कर्मचारीहरुले उपभोग गरेका सेवासुविधाको रकम फिर्ता गराउन तथा सरकारी बाँकीसरह असुलउपर गर्ने निर्णय गरेको थियो। सोही निर्णयको विरुद्धमा धितोपत्र बोर्डका कर्मचारीहरुले थालेको आन्दोलन आज १४ औँ दिनमा प्रवेश गरेको छ।

यसैबीच नेपाल वित्तीय संस्था कर्मचारी संघले आज फेरि अर्को विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डका कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। संघले अर्थ मन्त्रालयको त्रुटिपूर्ण निर्णय अविलम्ब फिर्ता गर्न र धितोपत्र बोर्डको स्वायत्तता कायम गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS