IME Life New

उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न धितोपत्र बोर्डका कर्मचारीको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न माग गरेका छन्।

धितोपत्र बोर्डका तर्फबाट सम्पूर्ण कर्मचारीले आज अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र सञ्चालक समितिसमक्ष ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। अर्थ मन्त्रालयबाट हालै भएको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको पनि पत्रमा उल्लेख छ।

Esewa
Crest

नेपालको वित्तीय क्षेत्रको ३ वटा आधारस्तम्भमध्येको एक पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम स्थापित बोर्ड अविच्छिन्न उत्तराधिकारवाला स्वसासित र संगठित संस्था हुने व्यवस्था गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ। ‘हामी कर्मचारी सोही ऐनको दफा १९ बमोजिम धितोपत्र बोर्डमा कार्यरत रहेका छौँ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कर्मचारीहरुबाट ऐनको दफा ३ बमोजिमको सञ्चालक बोर्डले गरेका निर्णय कार्यन्वयन गर्ने जिम्मेवारी तथा दायित्व निर्वाह गर्दै आइरहेकोमा अर्थ मन्त्रालयका (राजस्व सचिव) स्तरीय निर्णयबाट असोज २ गतेको पत्रबाट धितोपत्र बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्वन्धमा सञ्चालक बोर्डबाट जारी भएका कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने र उक्त कार्यविधि प्रचलित कानुनविपरीत रहेको भनी पत्र प्राप्त भएकोमा हामी सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकार्षण भएको छ ।’

धितोपत्रसम्वन्धी ऐन, २०६३ ले प्रत्याभूत गरेको अधिकार क्षेत्रभित्र रही बनेको नियमावली र सो नियमावलीको परिधिभित्र रही सञ्चालक बोर्डले जारी गरेका कार्यविधिहरु अर्थ मन्त्रालयको (राजस्व सचिव) स्तरीय निर्णयबाट खारेज गर्न पत्राचार हुँदा सञ्चालक बोर्डबाट स्वीकृत भएका सम्पूर्ण नियम, निर्देशिका, कार्यविधिमा नै वैधताको प्रश्न उठ्न सक्ने अवस्था सिर्जना भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ। ‘यथाशीघ्र यस प्रकारको अन्योलता अन्त्य गर्न र कर्मचारीले उच्च मनोवल साथ काम गर्ने वातावरण सिर्जना गर्नेतर्फ अध्यक्ष तथा सञ्चालक समितिको ध्यानाकर्षण गर्दछौँ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS