IME Life New

धितोपत्र बोर्डका कर्मचारीको आन्दोलनमा बीमा प्राधिकरणका कर्मचारीको ऐक्यबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा जारी कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आज एक विज्ञप्ति जारी गर्दै सेबोनका कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्। सेवासुविधा कटौतीको विषयलाई लिएर सेबोनका कर्मचारी विगत १५ दिनदेखि आन्दोलनरत छन्। नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले कर्मचारीले पाउँदै आएको सेवासुविधा कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन र धितोपत्र बोर्डको स्वायत्तता कायम राख्न माग गरेका छन्।

Esewa
Crest

गत भदौ ३१ गते अर्थ मन्त्रालयले परिपत्र जारी गर्दै धितोपत्र बोर्डको स्थापनाकालदेखि नै कर्मचारीले उपभोग गर्दै आएका विभिन्न सेवासुविधामा कटौती गर्ने र विगतदेखि हालसम्म कर्मचारीहरुले उपभोग गरेका सेवासुविधाको रकम फिर्ता गराउन तथा सरकारी बाँकीसरह असुलउपर गर्ने निर्णय गरेको थियो। अर्थ मनलयको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा धितोपत्र सम्बन्धी ऐन, २०६३ र बोर्डको सेवा, सर्त नियमावलीअन्तर्गत कर्मचारीले उपभोग गरिरहेका सेवासुविधा कटौतीको प्रयास अन्यायपूर्ण रहेको तथा यसबाट बोर्डको स्वायत्तता माथि धावा बोल्दै कर्मचारीको कानुनी अधिकार माथि हमला गरेको अनुभूति भएको उल्लेख छ। ‘धितोपत्र नियामकहरुको अन्तर्राष्ट्रिय छाता संगठनको सिद्धान्तको व्यवस्थाविपरीत अर्थ मन्त्रालयबाट बोर्डको स्वायत्तता माथि नै प्रहार हुनुले राज्यको जिम्मेवार निकायबाट नै कर्मचारीको मनोबल गिराउने, उत्प्रेरणामा दिर्घकालिन प्रभाव पार्ने तथा धितोपत्र बोर्डको समग्र कार्य क्षमतामा ह्रास आई समग्र पुँजी बजारमा नकारात्मक असर पर्ने जोखिम बढेको छ’, विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को अभिसन्धि तथा अन्तर्राष्ट्रियस्तरमा प्रचलित स्वायत्त निकायहरुको व्यवस्थापकिय अधिकारविपरीत अर्थ मन्त्रालयले बोर्डका कर्मचारीहरुको खाइपाइ आएका सुविधा कटौती गर्नु तथा विगतमा पाएको सुविधा सरकारी बाँकी सरह तिर्नुपर्ने भन्ने निर्णय अस्वभाविक र त्रुटिपूर्ण रहनुका साथै मन्त्रालयको हस्तक्षपकारी भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ। ‘यसथ धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियन संगठनले यस सम्बन्धमा संयुक्त रुपमा जारी गरेको विज्ञप्ति र सञ्चालन भइरहेका विरोधका कार्यक्रमहरुमा यस युनियन ऐक्यबद्धता जाहेर गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, अर्थ मन्त्रालयबाट भएको त्रुटिपूर्ण निर्णय अविलम्ब फिर्ता लिई नेपालको वित्तीय क्षेत्रको ३ वटा आधारस्तम्भमध्येको एक पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वायत्तता कायम राखियोस् भनी यस युनियन हार्दिक अनुरोध गर्दछौँ।’

धितोपत्र बोर्डका कर्मचारीहरुको आत्मसम्मानमा चोट पुग्ने, मनोबल गिर्ने तथा बोर्डको निर्णयाधिकारमा समेत ह्रास आउने गरी भएको यस्ता खालका निर्णय न्यायसंगत तबरले फिर्ता गरी मर्यादित कार्यमैत्री वातावरण सिर्जना गरी पुँजीबजारको विकास विस्तारमा थप सकारात्मक योगदान हुनुपर्नेमा युनियनले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS