IME Life New

भिजिट भिसामा युएई जानेको राहदानीमा ‘काम गर्न मनाही’ लेख्ने कर्मचारीमाथि छानबिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा अध्यागमन कर्मचारीले अनधिकृत रूपमा सर्तहरू लेखेको विषयमा अध्यागमन विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विगत केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा युएई जान लागेका यात्रुको राहदानीमा प्रस्थान छापसँगै “Employment is strictly prohibited.” जस्ता वाक्यांश लेखिएका तस्बिरहरू सार्वजनिक भएपछि विभागले यस्तो स्पष्टीकरण दिएको हो।

विभागले कुनै पनि नेपाली नागरिकलाई प्रचलित कानुन र विभागीय नीति विपरित सर्त तोकेर प्रस्थान अनुमति दिने कुनै निर्णय नभएको स्पष्ट पारेको छ। व्यक्तिगत तजबिजीका आधारमा यस्ता गैरकानूनी कार्य गर्ने कर्मचारीमाथि आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाइएको विभागका प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Esewa
Crest

नेपाल सरकारको २०८२ कात्तिक १३ गतेको निर्णयानुसार भिजिट भिसामा विदेश जाने प्रक्रियालाई झन्झटमुक्त बनाइएको छ। अब नेपाली नागरिकले निम्न कागजात भएमा ‘स्वघोषणा’ सहित प्रस्थान अनुमति पाउने व्यवस्था छ:
१. कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी।
२. गन्तव्य मुलुकसम्मको हवाई टिकट।
३. सम्बन्धित मुलुकको भिसा।

नागरिकको बाध्यतालाई लिएर विभिन्न तहमा हुने ठगी र शोषण नियन्त्रण गर्न विभागले अध्यागमन प्रणालीलाई आधुनिकीकरण गरिरहेको र अनावश्यक कागजात माग गर्ने कार्यलाई निरुत्साहित गरिएको जनाएको छ।
अध्यागमन विभागले यात्रीहरूको आवागमनलाई सहज र सुरक्षित बनाउन आफूहरू प्रतिबद्ध रहेको र प्रणालीमा सुधार ल्याउन काम भइरहेको समेत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS