IME Life New

एलन मस्कले खोले नयाँ राजनीतिक दल, सीधा प्रतिस्पर्धा डोनाल्ड ट्रम्पसँग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको २४९ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित वान बिग ब्युटिफुल कानुन लागू गरेका छन्। यसैबीच उनका पूर्वसहकर्मी तथा उद्योगपति एलन मस्कले ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्।

मस्कले यो पार्टीले अमेरिकाका जनतालाई एकदलीय प्रणालीबाट मुक्त गर्ने बताएका छन्। मस्कको यो घोषणापछि अमेरिकी राजनीतिमा हलचल मच्चिएको छ।

Esewa
Crest

मस्कले एक्समा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्। आफ्नो एक्स पोस्टमा हालै गरिएको सर्वेक्षणको नतिजा उद्धृत गर्दै उनले लेखेका छन्, ‘आज अमेरिका पार्टी तपाइँ र तपाइँको स्वतन्त्रता फिर्ता दिन गठन गरिएको हो।’

मस्कले सर्वेक्षणमा जनताले २ः१ को अनुपातमा नयाँ राजनीतिक विकल्पको चाहना व्यक्त गरेको दाबी गरेका छन्। ‘तपाइँ नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब यो राजनीतिक दल तपाइँको अगाडि छ’, मस्कले लेखेका छन्।

मस्कले किन गरे नयाँ पार्टी गठन ?

आफ्नो घोषणामा मस्कले वर्तमान राजनीतिक प्रणालीको आलोचना गर्दै भनेका छन्, ‘जब हाम्रो देशलाई फोहोर र भ्रष्टाचारले दिवालिया बनाउने कुरा आउँछ, हामी एकदलीय प्रणालीमा बाँचिरहेका छौँ, लोकतन्त्रमा होइन।’

मस्कले यो पनि भने कि अमेरिका पार्टी जनताको हराएको स्वतन्त्रता फिर्ता ल्याउनका लागि गठन गरिएको बताए।

मस्कले जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवस समारोहका क्रममा आफ्नो प्लेटफर्म एक्समा एउटा सर्भेक्षण पोस्ट गरे। जसमा उनले आफ्ना फलोअर्सलाई सोधेका थिए, ‘स्वतन्त्रता दिवस भनेको दुईदलीय (कसैले यसलाई एकदलीय) प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ कि भनेर सोध्ने उत्तम समय हो! के हामीले अमेरिका पार्टी गठन गर्नुपर्छ?’

यस सर्भेमा ६५.४ प्रतिशतले ‘हो’ भने जब कि ३४. प्रतिशतले ‘होइन’ भने। मस्कले यो बलियो सार्वजनिक समर्थनलाई पार्टी सुरु गर्ने प्रेरणाका रुपमा वर्णन गरे र यसलाई रिपब्लिकन र डेमोक्रेटिक दुवै प्रमुख दलप्रति जनतामा बढ्दो असन्तुष्टिको प्रतिक्रियाका रुपमा प्रस्तुत गरेका छन्।

यसअघि मस्कले एक्समा रहेको एउटा पोस्टमा सकारात्मक प्रतिक्रिया पाएपछि अमेरिकामा तेस्रो राजनीतिक दल सुरु गर्ने सम्भावनाको संकेत दिएका थिए। जसमा भनिएको थियो, ‘एलनले तेस्रो पक्ष सुरु गर्नु टेस्ला र स्पेसएक्स जस्तै हो। सफलताको सम्भावना कम छ तर यदि पार्टी सफल भयो भने खेल पूर्ण रुपमा परिवर्तन हुनेछ।’

मस्कले हालै ट्रम्प प्रशासनबाट टाढा रहेका र डीओजीईबाट पनि बाहिरिएका बेला नयाँ राजनीतिक दल गठनको घोषणा गरेका हुन्। जसले उनको राजनीतिक र सार्वजनिक जीवनमा उल्लेखनीय परिवर्तन देखिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS