काठमाडौं । एलन मस्क विश्वका पहिलो ट्रिलियनियर बनेका छन्। उनको कुल सम्पत्ति १ खर्ब डलर नाघेको छ। उनको सम्पत्तिमा यो रेकर्ड उछाल मस्कको रकेट कम्पनी स्पेसएक्सको आइपीओ सूचीकरण पछि आएको हो।
जुन १२ मा अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा स्पेसएक्सको शेयर प्रतिशेयर १५० डलर माथि कारोबार भएको छ। फोर्ब्सका अनुसार स्पेसएक्सको आइपीओ सूचीकरणपछि मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन डलर पुगेको छ। जुन बिहीबारको ९८२ अर्ब डलर थियो।
स्पेसएक्सले आइपीओ मार्फत रेकर्ड ७५ अर्ब डलर उठाएको छ। यो एकल आइपीओले सन् २०२४ र २०२५ मा सबै अमेरिकी आइपीओहरुले उठाएको कुल रकमभन्दा बढी छ। यो विश्वको सबैभन्दा ठूलो आइपीओ हो।
स्पेसएक्सको शेयरको आइपीओ मूल्य प्रतिशेयर १३५ डलर थियो। प्रतिशेयर १५० डलरमा सूचीबद्ध शेयरहरु ११ प्रतिशतले बढेको छ। यो बलियो सुरुआतका कारण कम्पनीको बजारमूल्य १.९६ ट्रिलियन डलर पुगेको छ। –एजेन्सी












