काठमाडौं । हिमालयन हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ।
आयोगले माघ २१ गते पत्र पठाउँदै हिमालयन हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।
हिमालयन हाइड्रोपावरको हालको चुक्तापुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ९ करोड ५० लाख रुपैयाँबराबरकै हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ।
हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ।












