IME Life New

उड्डययन क्षेत्रमा क्रान्ति, पहिलोपटक आकाशमा उड्यो इलेक्ट्रिक यात्रुवाहक जहाज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिट टेक्नोलोजीले विश्व उड्डययन क्षेत्रमा क्रान्ति ल्याएको छ। कम्पनीले पहिलोपटक आकाशमा इलेक्ट्रिक यात्रुवाहक जहाज उडान गरेर ऐतिहासिक सफलता प्राप्त गरेको हो।

बिट टेक्नोलोजी आकाशमा इलेक्ट्रिक यात्रुवाहक जहाज उडाएर उड्डयन क्षेत्रको दिगो विकासमा ब्रेकथ्रु गरेको हो। कम्पनीले एलिया सीएक्स३०० नामक इलेक्ट्रिक जहाज यात्रुसहित उडाएको छ। यो जहाजले अमेरिकामा १३० किलोमिटर यात्रा गरेको छ। यो यात्रामा प्रतियात्रु ८ डलर (१ हजार १०० रुपैयाँबराबर) टिकट भाडा लिइएको थियो।

Esewa
Crest

उक्त इलेक्ट्रिक जहाज करिब ३० मिनेट उडान भरेको थियो। यो जहाज अमेरिका इस्ट ह्याप्टनदेखि न्युयोर्क जेएफके विमानस्थलमा अवरणत गरेको थियो।

यात्रुसहित उडान भरेको यो इलेक्ट्रिक जहाजले विद्युतीय उड्डययन क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ। न्यून भाडामा इलेक्ट्रिक जहाज उडाउँदा यात्रुलाई निकै राहात मिल्ने बिटा टेक्नोलोजीका संस्थापक एवं सीईओ केल क्लर्कले बताए। ‘हामीले अवश्य पनि पाइलटलाई तलब दिनुपर्छ। विमानको मर्मतसम्भारमा खर्च गर्नुपर्छ’, उनले भने, ‘यद्यपि, आधारभूत रुपमा यो हवाई उडानको भाडा धेरै सस्तो नै पर्छ।’

उडान भर्दा इलेक्ट्रिक जहाज कुनै पनि किसिमको आवाज निकाल्दैन। जसका कारण यात्रुले शान्त वातावरणमा यात्रा गर्न पाउँछन्।

एकपटक चार्ज गर्दा यो विमानले ४६३ किलोमिटरसम्म उडान भर्न सक्छ। यो विमान सहरी क्षेत्रमा उडान भर्न निकै प्रभावकारी हुन सक्छ। विमानमा ४ जना यात्रुले यात्रा गर्न सक्छन्।

अमेरिकाको भरमन्टमा रहेको बिट टेक्नोलोजीले इलेक्ट्रिक जहाज विकासका लागि सन् २०१७ देखि काम गर्दै आएको छ। यसले हालै ३१ करोड ८० लाख डलरको कोष जुटाएको छ। यो रकमले कम्पनीले जहाज उत्पादन, प्रमाणीकरण र व्यवसायिक उडानमा खर्च गर्नेछ। यो जहाजले यस वर्षको अन्त्यतिर एफएए प्रमाणीकरण पाउने कम्पनीको आशा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS