काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितको हित संरक्षण र बीमा व्यवसायको जोखिम व्यवस्थापनमा विभिन्न प्रयास भएका छन्।
आज अर्थ समितिले छलफल गर्न बीमा प्राधिकरणलाई बोलाएको थियो। बीमा प्राधिकरणबाट अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी अर्थ समितिमा पुगेका थिए।
छलफलका क्रममा बीमा प्राधिकरणले बीमितको हित संरक्षण र बीमा व्यवसायको जोखिम व्यवस्थापनमा भएका प्रयासहरुका विषयमा जानकारी गराएको हो।
यस्ता छन् प्रयास
- जोखिममा आधारित निरीक्षण
- जोखिममा आधारित पुँजी
- बीमा सूचना केन्द्र स्थापनाको तयारी
- बीमा विकास कोषको कार्यविधि तयार
- बीमित हित संरक्षण कोषसम्बन्धी कार्यविधि तयार
- सानो दाबीसम्बन्धी छुट्टै व्यवस्था
- बीमा दाबी उजुरी गर्न सकिने व्यवस्था
- हानी–नोक्सानी भएका उजुरी दिन सकिने व्यवस्था ।












