IME Life New

जेनजी आन्दोलनकी घाइतेलाई निःशुल्क डाक्टरी पढाउने सरकारी निर्णयको शिक्षा मन्त्रालयद्वारा बचाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भई अपाङ्गता भएकी एकता शाहलाई चिकित्सा शिक्षा अध्ययन गर्न मन्त्री परिषदले गरेको विवादास्पद निर्णयको बचाउमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ती जारी गरेको छ।

मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तीमा शाहलाई मन्त्री परिषदको निर्णय बमोजिम, प्रचलित कानून र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अन्तर्गत उपलब्ध हुने नियमित छात्रवृत्ति कोटा बाहेक, ‘विशेष छात्रवृत्ति कोटा’ सिर्जना गरी मनोनयन गरिएको दाबी गरिएको छ।

Esewa
Crest

मन्त्रालयका अनुसार, शाहले चिकित्सा शिक्षा आयोगद्वारा शैक्षिक वर्ष २०८२/८३ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षामा ५७.५ प्राप्ताङ्क ल्याई उत्तीर्ण भएकी थिइन्।

जेनजी अान्दोलनमा घाइते भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको विशेष जोडबलमा मन्त्री परिषदले २०८२ चैत्र १ गतेको बैठकले उनलाइ एमबीबीएसमा भर्नाका लागि कोटा उपलब्ध गराउन चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको थियो।

शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सरकारले यसका लागि विशेष बजेटको व्यवस्था गरिएको जिकीर छ। यो थप कोटा भएकोले अन्य विद्यार्थीहरूको नियमित छात्रवृत्ति अवसरमा कुनै असर नपर्ने मन्त्रालयको दाबी छ। विज्ञप्तीमा चिकित्सा शिक्षा आयोगको अनुरोध र मन्त्रालयको प्रस्तावमा यो प्रक्रिया अघि बढाइएको मन्त्रालयले उल्लेख गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुँदा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई राहत र सहायता उपलब्ध गराउने सरकारको नीति छ। सोही आन्दोलनकी घाइते कार्ड नं. १६५ की एकता शाहलाई राज्यको तर्फबाट सम्मान र सहयोग स्वरूप यो निर्णय लिइएको मन्त्रालयका प्रवक्ता प्रवक्ता शिवकुमार सापकोटाको भनाइ छ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाको विज्ञप्तिले यो निर्णय हचुवाको भरमा नभई भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२’ को दफा ११ को प्रावधान कार्यान्वयन गर्ने सिलसिलामा गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS