IME Life New

जेनजी आन्दोलनको आर्थिक प्रभावः संकटमा निजी क्षेत्र, बीमामाथि भार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव परेको छ। यसले व्यापार–व्यवसायमा ठूलो क्षति पुर्याउनुका साथै रोजगारी गुमेको र निजी क्षेत्रमा निराशा छाएको छ।

प्रमुख आर्थिक क्षति र अनुमानित लागत

Esewa
Crest

आन्दोलनमा सरकारी तथा निजी क्षेत्रको अर्बौं रुपैयाँबराबरको सम्पत्ति जलेर नष्ट भएको छ। अहिलेसम्म कुनै आधिकारिक आँकडा नआए पनि बीमा कम्पनीहरुलाई मात्रै ५० अर्ब रुपैयाँभन्दा बढीको दाबी आउने अनुमान गरिएको छ। यसले बीमा क्षेत्रमा ठूलो भार थप्नेछ। भाटभटेनीका १२ वटा स्टोरसहित चौधरी ग्रुप र अन्य व्यवसायमा भएको क्षतिले निजी क्षेत्रलाई त्रसित बनाएको छ। आन्दोलनका क्रममा हिल्टनसहित दुई दर्जनभन्दा बढी तोडफोड र आगजनी भएका छन्। होटल क्षेत्रले मात्रै २५ अर्ब रुपैयाँ बढीको क्षति व्यहोरेको छ।

रोजगारी र लगानीमा प्रभाव

यो आन्दोलनले रोजगारीमा पनि प्रत्यक्ष असर पारेको छ। होटल, रेस्टुरेन्ट र अन्य सेवा उद्योग बन्द हुँदा ठूलो संख्यामा दैनिक ज्यालादारी गर्ने मजदुर र कर्मचारीले काम गुमाएका छन्। व्यवसायीहरुका अनुसार यस किसिमको अस्थिरताले विदेशी लगानीमात्र होइन स्वदेशी लगानी पनि जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

बीमाको भूमिका

आन्दोलनले पुर्याएको क्षतिको दाबी भुक्तानीलाई छिटो र सहज बनाउन नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको निर्देशन दिएको छ। यसले बीमितलाई राहत मिले पनि यसले बीमा कम्पनीहरुमाथि वित्तीय दबाब सिर्जना गरेको छ।

राष्ट्र बैंकको राहात

आन्दोलन प्रभावित उद्योगी–व्यवसायीसँग छलफल गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राहातस्वरुप सहुलियत प्याकेज ल्याइने बताएका छन्। गभर्नर यो योजनामा बैंकरहरुले पनि साथ दिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS