IME Life New

नियामकीय प्रावधान उल्लंघन गरेकोमा एको जनरल इन्स्योरेन्सलाई भारु १ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामकले निर्जीवन बीमक एको जनरल इन्स्योरेन्सलाई आर्थिक वर्ष २०१९।२० मा धेरै नियामकीय प्रावधान उल्लंघन गरेकोमा भारु १ करोड (१ करोड ६० लाख रुपैयाँ) नगद जरिवाना गरेको छ।

बीमा कम्पनीले आउटसोर्सिङ (तेस्रो पक्षलाई नियमित कामको जिम्मा) र बीमा मध्यस्थकर्तालाई कमिसन भुक्तानीसम्बन्धी नियमहरु उल्लंघन गरेको नियामकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गत मे १९ मा वित्त तथा लगानीका सदस्य राजय कुमार सिन्हा र गैरजीवनका सदस्य दीपक सूदद्वारा हस्ताक्षर गरिएको आदेशमा भनिएको छ।

Esewa
Crest

नियामकले आदेशमा भनेको छ, ‘आउटसोर्सिङ गर्दा बीमा कम्पनीहरु कुनै पनि स्वार्थको द्वन्द्वबाट जोगिनु वा न्यून गर्नुपर्छ।’

आईडीएआईले परिपत्रमा लेखिएको छ, ‘जहाँ आउटसोर्सिङ र मध्यस्थकर्तालाई कामको जिम्मेवारी दिइएको छ, त्यहाँ पनि बीमकले अनिवार्य रुपमा सबै नियामकीय दायित्व पालना गर्नुपर्छ। र आउटसोर्स गरिएको सेवा प्रदायक र प्रदान गरिएका सेवाहरुको उचित परिश्रम र अनुगमनको जिम्मेवारीबाट पन्छिन मिल्दैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS