काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। असोज ५ मा सरकारले जेनजी आन्दोलनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो।
आयोगले भदौ २३ मा काठमाडौँको बानेश्वरमा भएको प्रदर्शनमा युवाको ज्यान जानेगरी भएको घटनाबारे डेढ सयजना भन्दा धेरै सरकारी अधिकारी र आन्दोलनका प्रत्यक्षदर्शीसँग बयान लिएको थियो। त्यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो भने गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रजिअ छविलाल रिजाल थिए।
प्रवक्ता एवं आयोगका सदस्य विज्ञानराज शर्माले प्रतिवेदनमा गल्ती गर्नेलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको बताए।












