IME Life New

अबको पाँच वर्षमा पृथ्वीको तापक्रम अझै बढ्ने संभावना, अहिलेको भन्दा १.५ डिग्री सेल्सियस तातो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व मौसम विज्ञान संगठनद्वारा बुधबार प्रकाशित एक नयाँ प्रतिवेदन अनुसार अबको पाँच वर्ष (२०२५-२०२९) को अवधिमा औसत विश्वव्यापी तापक्रम औद्योगिक क्रान्तिपूर्वको स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी हुने ७० प्रतिशत सम्भावना छ।

संगठनले प्रतिवेदन जारी गर्दै, आगामी पाँच वर्षमध्ये कुनै एउटा वर्ष सन् २०२४ को उच्च तापक्रमको किर्तीमान भन्दा पनि अझै उच्च हुने सम्भावना ८० प्रतिशत छ।

Esewa
Crest

रेकर्डमा सबैभन्दा तातो हुनुको साथै, २०२४ पहिलो क्यालेन्डर वर्ष थियो, जहाँ विश्वव्यापी औसत तापक्रम सन् १८५०-१९०० को आधार रेखाभन्दा १.५ डिग्री सेल्सियस अधिक मापन गरिएको थियो। जीवाष्म इन्धनको प्रयोग जस्ता मानव गतिविधिहरूले जलवायूमा उल्लेखनीय प्रभाव पार्न थालेको अवधि अघिको तापक्रमभन्दा अधिक थियो।

तापक्रम वृद्धि अधिकत्तम १.५ डिग्री सेल्सियस सम्म कायम राख्ने भनेको जलवायू परिवर्तनको सबैभन्दा खराब प्रभावबाट जोगिन सन् २०१५ मा पेरिस जलवायू सम्मेलनमा देशहरूले सहमति जनाएको लक्ष्य हो। पेरिस सम्झौतामा तोकिएको १.५ डिग्री सेल्सियस सीमाको स्थायी उल्लङ्घनले २० वा ३० वर्षको अवधिमा दीर्घकालीन तापक्रम वृद्धिलाई जनाउँछ।

विश्वका मुलुकहरूले यस वर्ष संयुक्त राष्ट्र जलवायू परिवर्तन कार्यालयमा सन् २०३१-२०३५ अवधिको लागि राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) वा राष्ट्रिय जलवायू योजनाहरूको अर्को चरण पेश गर्नु जरूरी छ। यी जलवायू योजनाहरूको सामूहिक उद्देश्य विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नु हो।

संगठनको प्रतिवेदनले २०२५ र २०२९ बीच प्रत्येक वर्षको लागि औसत विश्वव्यापी औसत सतह नजिकको तापक्रम सन् १८५० र १९०० बीचको भन्दा १.२ देखि १.९ डिग्री सेल्सियस बढी हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS