IME Life New

लगातार बढ्दैछ पृथ्वीको परिक्रमा गति, यही वर्ष विश्वले देख्नेछ २४ घन्टाभन्दाको कम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी दिनहरुमा विश्वले पृथ्वीको इतिहासमा सबैभन्दा छोटो दिन अनुभव गर्न सक्छ। खगोल भौतिकशास्त्रीहरुले आफ्नो अनुसन्धानका आधारमा पत्ता लगाएका छन् कि विगत ५ वर्षदेखि पृथ्वीको परिक्रमा गति बढ्दै गएको छ।

सन् २०२० देखि पृथ्वी आफ्नो अक्षमा सामान्यभन्दा छिटो घुमिरहेको छ। जसका कारणले गर्दा हामी इतिहासको सबैभन्दा छोटो दिन अनुभव गर्न सक्छौँ। अर्थात्, यो दिन २४ घन्टाभन्दा कम हुनेछ। यो छोटो दिन यस महिना अर्थात् जुलाई वा अगस्टमा देख्न सकिन्छ।

Esewa
Crest

खगोल भौतिकशास्त्री ग्राहम जोन्सले सबैभन्दा छोटो दिनका लागि ३ वटा मिति तय गरेका छन्। यो यस वर्ष जुलाई ९ वा २२ वा अर्को महिना अगस्ट ५ मा हुन सक्छ। वैज्ञानिकहरु विश्वास गर्छन् कि यो चन्द्रमाको कक्षबाट पृथ्वीमा पर्ने प्रभावका कारणले हुनेछ। यो दिन सामान्य दिन भन्दा १.६६ मिलिसेकेन्डभन्दा बढी छोटो हुनेछ।

किन दिन छोटो हुँदै गइरहेको छ ?

सौर्य दिन ठ्याक्कै ८६ हजार ४०० सेकेन्ड अर्थात् २४ घन्टा हुनुपर्छ। तर, पृथ्वीको परिक्रमा कहिल्यै पूर्ण रुपमा स्थिर भएको छैन। अनुसन्धानले देखाउँछ कि सन् २०२० मा कुनै अज्ञात कारणले गर्दा हाम्रो ग्रहले छिटो घुम्न थाल्यो। यसले दिनको अवधि घटाएको छ।

सन् २०२१ मा एक दिन रेकर्ड गरिएको थियो। जुन सामान्यभन्दा १.४७ मिलिसेकेन्ड कम थियो। सन् २०२२ मा यो १.५९ मिलिसेकेन्डले घट्यो र त्यसपछि जुलाई ५ २०२४ मा एक रेकर्ड बन्यो। जब दिन सामान्य २४ घन्टाभन्दा १.६६ मिलिसेकेन्ड कम थियो।

वैज्ञानिकहरुका अनुसार सन् २०२५ मा जुलाई ९ र २२ वा अगस्ट ५ अनुमानित मितिहरु हुन्, जब चन्द्रमाको कक्षले यसलाई पृथ्वीको भूमध्य रेखाबाट सबैभन्दा टाढा राख्छ। यसले पृथ्वीलाई असर गर्छ र दिन २४ घन्टाभन्दा कम हुन्छ। अनुसन्धानले भन्छ कि चन्द्रमाले अर्बौं वर्षदेखि पृथ्वीको परिक्रमालाई ढिलो गर्दै आएको छ। ४.५ अर्ब वर्षपहिले पृथ्वीमा १ दिन ३ देखि ६ घन्टासम्म रहन सक्थ्यो तर चन्द्रमाको गुरुत्वाकर्षणले पृथ्वीमा दिनको लम्बाइ २४ घन्टा बनाएको छ।

दिन छोटो हुनु कति ठूलो चिन्ताको विषय हो ?

दिनको केही मिलिसेकेन्ड घट्दा सामान्य जीवनमा कुनै फरक पर्दैन। तर, प्रविधि र दूरसञ्चारको संसारमा यसको महत्व छ। वैज्ञानिकहरु विश्वास गर्छन् कि यदि यो प्रवृत्ति जारी रह्यो भने लगभग ५० अर्ब वर्षमा पृथ्वीको परिक्रमा चन्द्रमाको कक्षसँग मिल्दोजुल्दो हुनेछ। त्यसपछि चन्द्रमाको एउटा मात्र भाग सधैँ देखिनेछ अर्थात् यो ग्रहको आधा भागमा मात्र देखिनेछ। यद्यपि, त्यतिन्जेलसम्म पृथ्वीमा धेरै परिवर्तन भइसकेका हुनेछन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS