IME Life New

चार हजार व्यक्तिको ई-सेवामा रहेको रु. १ करोड बढी रकम गायब पर्ने युवक प्रहरीको फन्दामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले ४ हजार व्यक्तिको ई–सेवामा रहेको १ करोड रुपैयाँ बढी गायब युवकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख २ गते कालिमाटीबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको अनामनगर बस्दै आएका २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो। उनले ४ हजार व्यक्तिको ई–सेवामा रहेको १ करोड २ लाख रुपैयाँ चोर्न सफल भएका थिए।

Esewa
Crest

बुढाले विभिन्न व्यक्तिहरुलाई एसएमएममार्फत द अलर्ट, एटी अलर्टजस्ता फिसिङ लिंग पठाएर ई–सेवा खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिन्थे। त्यसपछि उनले ई–सेवा खाता एक्टिभ नै राख्न एसएमएममा पठाइएको लिंक खोल्न लगाउँथे। त्यहाँबाट बुढाले ती व्यक्तिहरुको ई–सेवा खातामा पहुँच पुर्याई रकम चोर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिए। ‘ती व्यक्तिको ई–सेवाबाट चोरेको रकम बुढाले पशुपति ग्लोबल इन्नोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गर्ने गरेको खुलेको छ’, उनले भने।

पक्राउ परेका बुढालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रहरी उपरीक्षक जीसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS