IME Life New

बीमा दाबी प्रक्रियामा ढिलाइ गर्दा अस्ट्रेलियाली सुपरएनुएसन कोषमाथि रु. २ अर्ब बढी जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठूलो सुपरएनुएसन कोष ट्रस्टीलाई बीमा दाबी प्रक्रियामा ढिलाइ गर्दा जरिवानाबापत डेढ करोड बढी डलर तिर्न आदेश दिइएको छ।

अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी)ले नोभेम्बर २५ मा एक विज्ञप्तिमा भनेको छ, ‘निर्माण तथा भवन संघ सुपरएनुएसन कोष (सीबस) ले मृत्यु लाभ र पूर्ण तथा स्थायी अशक्तता (टीपीडी) बीमा दाबी प्रक्रियामा ढिलाइले ७ हजारभन्दा बढी अस्ट्रेलियालीलाई कठिनाइमा पारेको स्वीकार गरेपछि १ करोड ५३ लाख डलर (लगभग २ अर्ब १८ करोड ७९ लाख रुपैयाँ) जरिवाना तिर्न भनिएको हो।’

Esewa
Crest

सीबसको ट्रस्टी युनाइटेड सुपर प्रालिमा लगाइएको जरिवाना सन् २०२४ का लागि युनाइटेड सुपरको १ करोड २० लाख ८० हजार डलरबराबरको आम्दानीभन्दा बढी छ। आयोगले भन्यो, ‘यो जरिवाना सीबसको आफ्नै सुधार कार्यक्रमबाट अलग छन्। जसले ७ हजार ४०२ प्रभावित दाबीकर्ता र सदस्यलाई हराएको आम्दानी र गलत रुपमा लगाइएको शुल्कका लागि क्षतिपूर्ति दिन खोज्छ। जुन लगभग २ करोड ८ लाख ९० हजार डलरबराबर रहेको छ।

संघीय अदालतले २७ मार्च २०२३ र १ मे २०२३ को बीचमा सबै खुला बीमा दाबीको प्रतिशतका रुपमा सबै मृत्यु दाबीको ४८ प्रतिशतदेखि ५६ प्रतिशत (४३८ र ४७९ बीचको संख्या)सम्म ३६५ दिनभन्दा बढी समयदेखि भुक्तानी नभएको पत्ता लगाएको थियो। अदालतले सोही अवधिमा सबै टीपीडी दाबीहरुको ३८ प्रतिशतदेखि ४३ प्रतिशत (३९१ र ४०९ बीचको संख्या)सम्म ३६५ दिनभन्दा बढी भुक्तानी नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS