IME Life New

सुरक्षण कोषका कर्मचारीको लापरबाहीले रु. ७५ लाख ब्याज नोक्सानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीको लापरवाहीले कोषले वर्षदिनमै ब्याजबापतको ७५ लाख रुपैयाँ आम्दानी गुमाएको छ।

महालेखापरीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदनका अनुसार कोषले ३ बैंकमा परिपक्व भएको २ अर्ब ५० करोड रुपैयाँ मुद्दति निक्षेप पुनः लगानी गर्न ५३ दिन ढिलाइ गर्दा ७५ लाख रुपैयाँ ब्याज आम्दानी गुमाउनुपरेको हो।

Esewa
Crest

कोषको व्यवस्थापनले निक्षेप परिपक्व हुनुअगावै सोही बैंकमा नवीकरण गर्ने वा अन्य कुनै बैंकमा निक्षेप सार्ने विषयमा निर्णय नगर्दा यति ठूलो रकम नोक्सानी भएको हो। महालेखाले प्रतिवेदनमा कोषलाई भनेको छ, ‘व्यवस्थापनले समयमा निर्णय गरी लगानीमा सचेत रहनुपर्छ।’

कोषको लगानी नियमावली, २०७४ बमोजिम लगानी समितिले बैंकको मुद्दतिमा लगानी गर्न सक्ने साथै कोष व्यवस्थापनले सरकारी ऋण वा बैंकको कल डिपोजिटमा लगानी गर्ने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर ब्याज आम्दानी गर्ने नियमित गतिविधि गर्दै आएको छ।

कोषले बैंक खातामा रहेको प्रत्येक निक्षेपको प्रत्येक बैंकबाट प्राप्त हुने ब्याज आम्दानीको दैनिक रुपमा ब्याज गणना हुने, मुद्दति निक्षेप परिपक्व हुने मिति र परिपक्व हुने रकमको पूर्वसूचना दिने सफ्टवेयरको प्रयोगमार्फत पुनः लगानी सम्बन्धमा हुने अनावश्यक ढिलासुस्ती पूर्ण नियन्त्रण गर्न सक्छ। कोषले परिपक्व भएकै मितिमा अर्को मुद्दति निक्षेप राखेर ३६५ दिनकै ब्याज आम्दानी सुनिश्चित गर्न सक्छ।

खर्बौं रुपैयाँ लगानी गरिरहेका बीमा कम्पनीहरुले पनि यस्तै सफ्टवेयरको प्रयोगबाट दिन दिनैको ब्याज आम्दानीमा निगरानी राखिरहेका छन्। निक्षेप परिपक्व हुनुअगावै अब कुन बैंकमा कति ब्याजदरमा पुनः लगानी गर्नेबारे पूर्वजानकारी लिन सक्षम भएका छन् ।

ब्याज बिनाकै निक्षेप सुरक्षण गर्दा घाटा

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा २१(१) मा सुरक्षित सदस्य संस्थाले बुझाउनुपर्ने वार्षिक सुरक्षण शुल्क कोषद्वारा तोकिएबमोजिम हुने र दफा १९(३) मा सुरक्षित निक्षेप रकमको मूल्यांकन गर्दा निक्षेप खातामा रहेको साँवा तथा सोमा आर्जित ब्याज समेत गणना गर्ने व्यवस्था छ।

बैंक तथा वित्तीय संस्थाले कतिपयत मुद्दती निक्षेपको सुरक्षण शुल्क गणना गर्दा आर्जित ब्याज समावेश नगरी कोषमा विवरण बुझाएका छन् । बैंकहरुद्वारा दिएको सुरक्षित निक्षेप र सुरक्षण शुल्कको गणना प्रतिवेदनमा ब्याज रकमलाई समावेश नगरी साँवा रकममा मात्र शुल्क गणना गरेका कारण वार्षिक मुद्दति निक्षेप रकमभन्दा कम रकममा सुरक्षण शुल्कको गणना भएको र कोक्षको सुरक्षण शुल्क आम्दानीमा कमी भएको महालेखाले औँल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS