IME Life New

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार–२०८३’ ज्ञवालीलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानी न्युज डटकमका सम्पादक आशीष ज्ञवाली यस वर्षको ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित हुने भएका छन्।

डा. हरिहरदेव पन्त फाउन्डेसनले सार्वजनिक गरेको विज्ञप्तिअनुसार नेपालको लघुवित्त अभियानका प्रवर्तक तथा आर्थिक विकास र गरिबी न्यूनीकरणका पक्षधर स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरिएको हो।

Esewa
Crest

फाउन्डेसनका अध्यक्ष जनार्दनदेव पन्तका अनुसार आर्थिक पत्रकारितामार्फत मुलुकको आर्थिक विकास, वित्तीय सचेतना तथा आर्थिक क्षेत्रका विविध विषयलाई निरन्तर उजागर गर्दै आएको योगदानको मूल्यांकन गर्दै ज्ञवालीलाई यस वर्षको पुरस्कार प्रदान गर्न लागिएको हो।

उनी दुई दशकभन्दा बढी समयदेखि आर्थिक पत्रकारितामा सक्रिय छन्। पुरस्कारस्वरूप ज्ञवालीलाई रु १ लाख नगद र सम्मानपत्र प्रदान गरिनेछ। पुरस्कार वितरण कार्यक्रम डा। पन्तको ११औँ वार्षिक पुण्यस्मृति दिवसको अवसरमा भदौ २१ गते आइतबार आयोजना गरिने फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले २०७४ सालदेखि हरेक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संस्थालाई यो पुरस्कार प्रदान गर्दै आएको छ। यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन), गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल, यज्ञ बन्जाडे, कृष्ण रिजाल तथा यादव हुमागाईँ उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS