IME Life New

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशलमव १७ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१२ कम्पनीको ९२ करोड १८ लाख ८१० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड माथिको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS