IME Life New

शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे ११ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २७ दशमलव १९ अंकले बढेर २,७०८ को विन्दुमा कायम भएको छ । आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५८ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ५८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS