काठमाडौं । आज अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ८३ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । हिम स्टार ऊर्जाका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजनका २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।


















