IME Life New

डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिले जापान रुष्ट, गर्यो विरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालै भएको आक्रमणलाई हिरोशिमा र नागासाकीमा खसालेको आणविक बमसँग गरेको तुलनालाई जापानले विरोध गरेको छ।

ट्रम्पले बुधबार पत्रकारलाई भनेका थिए, ‘त्यो (इरानको आणविक स्थलमा अमेरिकी आक्रमण)ले युद्ध समाप्त गर्यो। म हिरोशिमा र नागासाकीको उदाहरण दिन चाहन्न, तर यो मूलतः उस्तै थियो।’

Esewa
Crest

सनु १९४५ अगस्टमा अमेरिकाले जापानका दुई दक्षिणी सहरमा आणविक बम खसालेको बेला लगभग १ लाख ४० हजार मानिस मारिएका थिए। यस आक्रमणबाट बाँचेकाहरु अझै पनि मनोवैज्ञानिक आघात र क्यान्सरको बढ्दो जोखिमसँग बाँचिरहेका छन्।

नागासाकीका मेयर शिरो सुजुकीले भने, ‘यदि ट्रम्पको टिप्पणीले आणविक बम खसाल्नुलाई जायज ठहराउँछ भने यो हाम्रा लागि अत्यन्तै दुःखद छ।’

आणविक बम आक्रमणबाट बाँचेकाहरुले बिहीबार हिरोशिमामा विरोध प्रदर्शन गरे र ट्रम्पलाई आफ्नो बयान फिर्ता लिन माग गरेका छन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS