IME Life New

डोनाल्ड ट्रम्पको एउटा दाबीले कच्चा तेलको मूल्यमा पहिरो, विश्वलाई राहात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कच्चा तेलको मूल्यमा मंगलबार भारी गिरावट आएको छ। यो गिरावट पछिल्लो एक हप्तामा सबैभन्दा उच्च हो। यसको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयान हो।

ट्रम्पले इरान र इजरायलबीच युद्धविराम भएको बताएका थिए। यसले क्षेत्रमा तेल आपूर्ति अवरोधको डर कम गरेको छ।

Esewa
Crest

इरानले होर्मुजको जलडमरुम मार्ग बन्द गर्ने धम्की दिएको थियो। जसका कारण कच्चा तेलको मूल्य ५ महिनाको उच्चतम विन्दुमा पुगेको थियो। विश्वको २० प्रतिशत कच्चा तेल यस मार्गबाट आपूर्ति गरिन्छ।

मंगलबारको सुरआती कारोबारमा ब्रेन्ट क्रुड २.६९ डलर अर्थात ३.७६ प्रतिशतले घटेर ६८.७९ डलर प्रतिब्यारेलमा झरेको थियो। कारोबार सत्रको सुरुमा यो ४ प्रतिशतभन्दा बढीले घट्यो र जुन ११ पछिको सबैभन्दा कम स्तरमा पुगेको थियो।

अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रूड पनि २.७ डलर अर्थात ३.९४ प्रतिशतले घटेर ६५.४६ डलर प्रतिब्यारेलमा पुगेको छ। यो जुन ९ पछिको सबैभन्दा कम स्तर हो।

तेलको मूल्यमा आएको गिरावटले विश्वलाई राहात भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS