IME Life New

चीनबाट आउने सामानमा १००% ट्यारिफ लगाउने डोनाल्ड ट्रम्पको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि चीनबाट हुने आयातमा थप १००% ट्यारिफ लगाउने घोषणा गरेका छन्।

ट्रुथ सोसलमा शुक्रबार पोस्ट गर्दै ट्रम्पले अमेरिकाले आवश्यक सफ्टवेयरको निर्यातलाई पनि नियमन गर्ने बताएका छन्। यस हप्ता चीनले दुर्लभ खनिज निर्यातमा नियन्त्रण कडा पारेको छ। ट्रम्पले चीनलाई ‘धेरै शत्रूतापूर्ण’ मनोवृत्ति अपनाएको र विश्वलाई ‘अधीनमा’ राख्न खोजेको आरोप लगाएका छन्।

Esewa
Crest

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो बैठकबाट पछि हट्ने धम्की दिए। यद्यपि, ट्रम्पले भने, ‘मैले यसलाई रद्द गरेको छैन।’

ट्रम्पको टिप्पणी पछि शेयर बजारमा गिरावट आयो। चीनले विश्वको दुर्लभ खनिजहरुको लगभग ९० प्रतिशत प्रशोधन गर्छ। जुन सौर्य प्यानलदेखि स्मार्टफोनसम्म सबै कुरामा प्रयोग गरिन्छ।

दुर्लभ खनिज १७ धातु तत्वहरुको समूह हुन्। जुन धेरै उच्च प्रविधि उत्पादनहरुका लागि आवश्यक छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS