IME Life New

ईयूलाई ५०% ट्यारिफ लगाउने डोनाल्ड ट्रम्पको घोषणा, भने-‘कुनै सम्झौता हुने छैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) देशहरुमा ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्।

ट्रम्पलेले सामाजिक सञ्जालमा पोस्ट गर्दै ईयूबाट आउने सबै उत्पादनमा ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन्। ‘जबसम्म ती सामान अमेरिकामा उत्पादन हुँदैनन् तबसम्म ट्यारिफ लाग्ने छ।’

Esewa
Crest

ट्रम्पले जुन १ बाट ईयूबाट आउने सामानमा ट्यारिफ लागू हुने बताएका छन्। पीटीआईको रिपोर्ट अनुसार ईयूसँगको व्यापार सम्झौता अगाडि नबढेकोमा ट्रम्प निराश छन्। ईयूले आपसी सहमतिमा सबै ट्यारिफ शून्यमा झार्ने प्रस्ताव गरेको छ। जब कि ट्रम्प सबै आयातमा १० प्रतिशत ट्यारिफ लगाउने कुरामा अडिग छन्।

ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आफू ईयूसँग कुनै पनि सम्झौता गर्न नचाहेको स्पष्ट पारेका छन्। ‘यदि कम्पनीहरुले अमेरिकामा लगानी गरे भने तिनीहरु ट्यारिफबाट बच्न सक्छन्’, उनले भने।

ट्रम्पको ट्यारिफ घोषणामा प्रतिक्रिया जनाउँदै ईयूका व्यापार प्रमुख मारोस सेफकोभिकले भने, ‘हामी अमेरिकासँग सम्मानका साथ व्यापार गर्न प्रतिबद्ध छौँ, धम्कीबाट डराएर होइन।’

सेफकोभिकले भने, ‘ईयू र अमेरिकाबीच ठूलो व्यापार छ। यो धम्की दिएर होइन पारस्परिक सम्मानका साथ गर्नुपर्छ। हामी हाम्रो हितको रक्षा गर्न तयार छौँ।’

ईयू र अमेरिकाबीच ९०० अर्ब डलरभन्दा बढीको पारस्परिक व्यापार छ। गत वर्ष ईयूले अमेरिकामा ६०० अर्ब डलरभन्दा बढीको सामान पठाएको थियो र ३७० अर्ब डलरबराबरको सामान खरिद गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS