IME Life New

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुचारु, भोलिबाट आन्तरिक उडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान आज भदौ २५ गते दिउँसोबाट सुचार भएको छ।

हिजो भदौ २४ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान बन्द गरिएको थियो। विमानस्थल सुरक्षा समितिको बैठकले आज दिउँसोबाट हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो।

Esewa
Crest

हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आआफ्ना वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डययन कार्यालयले आग्रह गरेको छ। यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत कार्यालयले सूचित गरेको छ।

यसैगरी निजी वायुसेवा प्रदायक कम्पनीले भोलि भदौ २६ गतेबाट आन्तरिक उडान सुरु गर्ने भएका छन्। यसअघि निजी वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान सुचारु नभएसम्म आन्तरिक उडान स्थगन रहने जानकारी गराएका थिए।

हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको थियो। योसँगै आन्तरिक उडान पनि प्रभावित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS