IME Life New

सेवा आयातका लागि डलर सटही सुविधाको बढ्यो सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतबाहेकका मुलुकबाट हुने सेवा (वस्तु आयातबाहेक) आयातका लागि अमेरिकी डलर सटही सुविधाको सीमा बढाएको छ।

राष्ट्र बैंकले विदेशी विनियमको इजाजतपत्र प्राप्त निकायका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै सेवा आयातका लागि डलरको सटही सुविधाको सीमा बढाएको हो। अब ती निकायले प्रतिपटक अमेरिकी डलर ८ हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मका लागि आवश्यक कागजातहरु लिई सटही सुविधा प्रदान गर्न सक्नेछन्। यसअघि यस्तो सटही सुविधा ५ हजार डलरको थियो।

Esewa
Crest

त्यसैले नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक अमेरिकी डलर ८ हजारभन्दा बढीको विदेशी विनिमयमा दायित्व सृजना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नु परेमा वा सेवाबापतको भुक्तानी गर्नुपर्ने भएमा आफ्नो नियामक निकायबाट स्वीकृति वा सिफारिस प्राप्त गर्नुपर्ने व्यवस्था संशोधित निर्देशनमार्फत गरिएको छ। सिफारिस गर्ने नियामक निकायले सो सेवा आयातको भुक्तानी पठाउने रकम आवश्यकता र औचित्यका आधारमा यकीन गरी विद्यमान व्यवस्थाबमोजिम सटही सुविधा उपलब्ध गराउन सिफारिस गर्नुपर्नेछ।

नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सटही सिफारिसका आधारमा प्रतिपटक अमेरिकी डलर १५ हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि यस्तो सीमा १२ हजार डलरको थियो।

प्रतिपटक अमेरिकी डलर १५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा माथिको भुक्तानीको लागि नियामक निकायको सिफारिससहित यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ।

यसका साथै, नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा प्रतिपटक अमेरिकी डलर ८ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्दा अधिक रकमको भुक्तानीका लागिसमेत राष्ट्र बैंक विनियम विभागको स्वीकृतिका आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। यसकाका लागि फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS