IME Life New

चिकित्सक संघको आन्दोलन फिर्ता, बिहीबारदेखि काममा फर्किन चिकित्कसलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि सांघातिक आक्रमणको विरोधमा देशभर हड्तालमा उत्रिएका चिकित्सकलाइ भोलि बिहीबारदेखि काममा फर्किन नेपाल चिकित्सक संघले आह्वान गरेको छ।

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएसँगै संघले हड्ताल फिर्ता लिएको हो । संघले बुधबारदेखि आकस्मिकबाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि हड्तालको घोषणा गरेको थियो।

Esewa
Crest

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा बुधबार मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयका अधिकारीहरू, कानून र गृह मन्त्रालयका प्रतिनिधि तथा संघका प्रतिनिधिबीच भएको वार्तामा डाक्टर कुटपिट तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कानूनी कारवाही गर्न सरकारले प्रतिबद्धता जनाएको छ ।

वीरगन्ज घटनामा डाक्टरमाथि आक्रमण गर्ने वडा अध्यक्ष सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ। यसैबीच सुरक्षा लापरवाही गरेको आरोपमा प्रहरी उपरिक्षक सुदीपराज पाठकलाइ फिर्ता बोलाएर प्रहरी प्रधान कार्यालयले बुधबारै जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलाई खटाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS