IME Life New

उपभोक्ता अदालतविरुद्ध चिकित्सक आन्दोलनमा, देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीसम्बन्धी मुद्दामा कार्य क्षेत्र नाघेर सुनुवाइ र फैसला गरेको भन्दै नेपाल चिकित्सक संघको चिकित्सकहरुले अगुवाइमा आज देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका छन्।

संघले गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन थालेको छ। संघले पहिलो दिन शुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै आइतबार कार्यस्थलमा बिहान १ घन्टा धर्ना कार्यक्रम राखेको थियो। आज भने चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरेका छन्।

Esewa
Crest

 

सोमबारसम्म चिकित्सकबाट हस्ताक्षर र मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय काठमाडौंमा पठाउने कार्यक्रम संघले घोषणा गरेको छ। यसैगरी मंगलबार सबै प्रमाणपत्र मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने भएको छ।

संघले आह्वान गरेको आन्दोलमा एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओलगायतले समेत ऐक्यबद्धता जनाएका छन्।

चिकित्सकको आन्दोलनमा उपचारका लागि आएका बिरामी र तिनका आफन्तले भने ठूले कष्ट व्यहोर्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS