IME Life New

तपाइँले क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ ? यस्ता छन् बुझ्नै पर्ने सर्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाइँले क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ ? यो कार्डका लिँदा बुझ्नै पर्ने सर्तहरु तपाइँले बैंकबाट बुझ्नु भएको छ वा छैन। छैन भने तपाइँ सतर्क हुनु जरुरी छ।

नेपाल राष्ट्रले बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै बुझेरमात्रै क्रेडिट कार्डको प्रयोग गर्न आग्रह गरेको छ। क्रेडिट कार्ड ‘क’ वर्गका वाणिज्य बैंक तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो।

Esewa
Crest

सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समयसीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन। तर, निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसाल्नुपर्छ।

क्रेडिट कार्डबारे जान्नै पर्ने सर्तहरु

  • खरिद सीमा र नगद सीमा (लिमिट)
  • भुक्तानी गर्न पाउने अवधि
  • पेनाल ब्याज
  • वार्षिक नवीकरण शुल्क
  • कारोबार विवरण, माध्यम, दिन र अन्तराल
  • गुनासो गर्ने प्रक्रिया
  • अन्य सर्त र अवस्थाहरु

क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ। ‘त्यसैले सचेत प्रयोगकर्ता बनौँ, क्रेडिट कार्ड सुरक्षित रुपमा चलाऔँ’, राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS