IME Life New

मुख्य सूचकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकलाई दाँजेर हेर्दा ? (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जरको नजिक पुगेर पनि एक हुन नसकेका बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक पर्दछन्। मर्जर हुन नसकेपछि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्यो भने नेपाल इन्भेस्टमेन्ट बैंक मेगा बैंकसँग मर्जरमा गयो।

दुवै बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजीः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने हिमालयन बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

जगेडा कोष: नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको जगेडा कोषमा ३२ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने हिमालयन बैंकको जगेडा कोषमा २३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने हिमालयन बैंकले ३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १४ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा हिमालयन बैंकले १० अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० अर्ब १४ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा हिमालयन बैंकले ५ अर्ब ४३ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेकोमा हिमालयन बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४९ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा हिमालयन बैंकको ७ अर्ब १० करोडरुपैयाँ वितरणयोग्य नोक्सानी रहेको छ।

किताबी मूल्यः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको किताबी मूल्य १९७.३८ रुपैयाँ छ भने हिमालयन बैंकको किताबी मूल्य १७५.०७ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणका आधारमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९.८० रुपैयाँ छ भने हिमालयन बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६.९८ रुपैयाँ छ।

खराब कर्जाः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा ५.८५ प्रतिशत हुँदा हिमालयन बैंकको खराब कर्जा ७.२८ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS