IME Life New

दिव्य ज्योति हाइड्रोपावर कम्पनीलाई प्राप्ति गर्दै अपी पावर, सबै शेयर किन्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावरले दिव्य ज्योति हाइड्रोपावर कम्पनी प्राप्ति गर्ने भएको छ।

अपी पावर सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त कम्पनीको सम्पूर्ण शेयर खरिद गर्ने निर्णय गरेको हो। दिव्य ज्योति हाइड्रोपावरले हाल लमजुङ जिल्लामा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको प्रवर्द्धन गरिरहेको छ।

Esewa
Crest

उक्त आयोजना आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट छलफल निर्माण तथा सञ्चालन गर्न मनासिब देखिएको अपी पावरले जनाएको छ। सोही कारणले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण शेयर खरिद गरी कम्पनीको व्यवस्थापन पूर्ण रुपमा अपी पावरको स्वामित्वमा रहने गरी कम्पनी सञ्चालन गर्ने निर्णयसमेत भएको अपी पावरका कम्पनी सचिव सुजन अधिकारीले जानकारी दिए।

दिव्य ज्योति हाइड्रोपावर प्राप्ति गर्नका लागि पूर्ण अधिकारसहित कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेलाई पक्षहरुबीच गर्ने करारनामको मस्यौदा तथा सर्त निर्धारण गर्ने तथा करारनामामा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गर्ने निर्णय पनि सञ्चालक समितिको बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS