IME Life New
GBIME

आ.व २०८०/८१ मा पाँच इन्भेष्टमेन्ट कम्पनीको लाभांश घोषणा, कुनको कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालसम्म पाँच वटा इन्भेष्टमेन्ट कम्पनीले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले आथिृक वर्ष २०८० ८१ को लागि आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । नेप्सेमा सूचिकृत ७ इन्भष्टमेन्ट कम्पनीमध्ये ५ वटाले मात्रै लाभांश घोषणा गरेका छन् ।

सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये ७ प्रतिशत बोनश शेयर रहेको छ भने ६ प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश रहेको छ ।

Crest

हाइड्रोइलेक्टिसीटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशलमव २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले बोनश शेयर नदिई नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशलमव २६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा ५ प्रतिशत बोनश शेयर रहेको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव २६३२ प्रतिशत नगद लाभांश रहेको छ ।

सीइडीबी होल्डिङसले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा कम्पनीले ११ प्रतिशत नै बोनश शेयर वितरण गरेको हो ।

हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशलमव ५२६ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा १० प्रतिशत बोनश शेयर रहेको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS