IME Life New

डिशहोमले चन्द्रागिरी केबलकारसँग गर्यो सम्झौता, भर्चुअल प्रिभिलेज कार्डमार्फत सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत, सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन्।

काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरी हिल्स काठमाडौं उपत्यकाबाट छिटो पहुँचिने प्रमुख पर्यटन गन्तव्य हो। यस साझेदारीले डिशहोमका ग्राहकहरूले छुटसहित चन्द्रागिरी हिल्सको अनुभव लिन सक्ने अवसर प्रदान गर्दछ।

Esewa
Crest

अफर विवरण
चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट
माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

छुट लिनका लागि
१ माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
२ आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस्।
३ होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस्।
४ चन्द्रागिरी हिल्सको केबलकार टिकट किन्ने बेला कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

“यो साझेदारीले हाम्रो ग्राहकहरूलाई केवल डिजिटल कनेक्सन मात्र नभई, नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच प्रदान गर्नेछ,” डिशहोमका सीईओ तारा मानन्धरले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS