IME Life New

डिशहोम र ‘डल्लेबीच साझेदारीः सम्पूर्ण आउटलेटमा विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

Esewa
Crest

विशेष सुविधाः
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन्ः
डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट
यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिकाः
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस्।
डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर आलोक योन्जोन,डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

‘डल्ले’ ( नेपाली स्वादको आधुनिक व्याख्या
‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्‍याइरहेको छ। शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।

डिशहोमको जीवनशैली सेवातर्फको यात्रा
यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नभई, डिशहोमको ग्राहकलाई अतिरिक्त मूल्य, जीवनशैलीमा सुविधा, र थप बचत प्रदान गर्ने प्रतिबद्धताको भाग हो। डिशहोमले भविष्यमा पनि यस प्रकारका सहकार्यहरू गर्दै आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्न निरन्तर प्रयास गर्दै जानेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS