IME Life New

अत्यावश्यक बाहेक यात्रामा ननिस्किन विपद जोखिम न्यूनीकरण प्राधिकरणको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको जोखिम औंल्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक बाहेक यात्रा नगर्द सुझाव दिएको छ।

प्राधिकरणले यी तीनवटै प्रदेशमा भारी र धेरै भारी वर्षाका कारण खोला नालामा बाढी आउने संभावना रहेको बताउँदै प्राधिकरणले शनिबारदेखि सोमबारसम्म अत्यावश्यक बाहेक यात्रामा ननिस्किन सुझाव दिएको हो।

Esewa
Crest

लुम्बिनीको बाँके, बर्दिया र दाङ, कर्णालीको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर जिल्लामा भारी देखि अति भारी वर्षा हुने प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार, यी तीनवटै प्रदेशमा शनिबारदेखि लगातार तीन दिनसम्म वर्षा हुने संभावना भएकाले बाढी पहिरोको जोखिमबाट जोगिन पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाइ आग्रह गरिएको हो।

यसैबीच प्राधिकरणका अनुसार, पछिल्लो चौबिस घण्टामा देशका विभिन्न जिल्लामा गरी बाढी, पहिरो, अबिरल वर्षा, चट्याङ,आगलागी र लेक लाग्ने गरी २४ वटा विपद्का घटना घटेका छन्।

यी घटनाबाट २ जनाको मृत्यु र ८ जना घाईते भएका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ मा शनिबार चट्याङ लागेर घाइते भएकी ७ वर्षिया बालिकाको मनहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यसबाहेक गण्डकी गाउँपालिका वडा नम्बर ८ बर्खेघाटस्थित त्रिशुली नदीको किनारमा अन्दाजी ८ वर्षिय बालकको शव फेला परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS