IME Life New

‘लू’को प्रभाव न्यूनीकरणका लागि पूर्व तयारीका लागि विपद प्राधिकरणको छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अत्यधिक गर्मी वा तातो हावाको लहरका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ।

सरोकारवाला मन्त्रालय, विभाग, सुरक्षा निकाय, विषयगत क्षेत्रका सरकारी निकाय तथा सहयोगी निकाय, नेपाल स्काउट, सञ्चारकर्मी लगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

Esewa
Crest

अत्यधिक गर्मी र तातो हावाको लहरका कारण हुनसक्ने समस्या समाधानका लागि तत्कालिन र दीर्घकालिन योजना बनाएर काम गर्नुपर्नेमा सहभागीहरुको जोड दिए।

यसैगरी ठाउँ ठाउँमा माटोको भाडामा पानी राख्ने व्यवस्था गर्ने, स्थानीय ज्ञानको पनि सदुपयोग गर्नुपर्ने, तातो हावाको लहरका बेला अवस्था हेरी विद्यालय बन्द गर्नेसम्मको योजना बनाउनुपर्ने  सहभागीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS