काठमाडौं । सरकारले सरकारी कार्यालयहरुको वेबसाइटमा कर्मचारीको नाम, मोबाइल नम्बर र ई–मेल तत्काल अद्यावधिक गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय, आयोग र सचिवालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा सबै स्थानीय तहका नाममा आज एउटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। यसका साथै कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोबाइल फोन कम्तीमा कार्यालय समयमा उठाई नागरिक तथा सेवाग्राहीले माग गरेका सूचना तथा गुनासाको तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि परिपत्रमा निर्देशन दिइएको छ।
सार्वजनिक निकायको वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण अद्यावधिक नहुने र कार्यालयको टेलिफोन तथा मोबाइल नउठ्नेलगायत विषयमा गुनासा प्राप्त भएको कार्यालयले छ। तिनै गुनासोलाई सम्बोधन कार्यालयले यो निर्देशन जारी गरेको हो।












