IME Life New

राष्ट्र बैंकमा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, यस्ता छन् उद्देश्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरिएको छ।

राष्ट्र बैंकले नियामकसँग सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले यो हब स्थापना गरेको हो। बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकलाई विद्यमान नीतिगत एवं नियामकीय व्यवस्थाबारे जानकारी गराउने उद्देश्यका साथ यस किसिमको हक स्थापना गरिएको केन्द्रीय बैंकले जनाएको छ।

Esewa
Crest

सरोकारवालाबाट प्राप्त हुने वित्ती क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवं चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, ननबाइन्डिङ गाइडेन्स, परामर्श एवं सुझाव प्रदान गर्ने सक्ने राष्ट्र बैंकले जनाएको छ। यो हबमा निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS