IME Life New

घट्यो डिजेल र मट्टीतेलको भाउ, पेट्रोलको भने यथावत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ भने पेट्रोलको यथावत राखेको छ।

भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँले घटाएको हो। अब काठमाडौंमा प्रतिलिटर डिजेल र मट्टीतेल १४९ रुपैयाँ कायम भएको छ। यसअघि प्रतिलिटर १५१ रुपैयाँ थियो।

Esewa
Crest

यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटेको छ।

निगमले पेट्रोल र एलपी ग्यासको भाउ भने यथावत नै राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS