काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज आइतबार देखि लागु हुने गरी डिजेलरमट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको नेपाल आयल निगमले जनाएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ ।
पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।













