IME Life New

बढ्दो चासोका बाबजुद केवल ४% बीमकमात्र एआई एजेन्टप्रति पूर्ण विश्वस्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका प्रत्येक १० बीमा कम्पनीमध्ये एउटा बीमकले मात्र आंशिक वा पूर्ण रुपमा एआई एजेन्ट लागू गरेको देखिएको छ। जब कि अन्य २० प्रतिशत बीमकले पाइलट परियोजना चलाइरहेका छन्।

क्यापजेमिनी अनुसन्धान संस्थानले सार्वजनिक गरेको नयाँ सर्भेक्षण प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार ४२ प्रतिशत बीमकले अझै पनि आफ्नो सञ्चालनमा एआई एजेन्ट तैनाथ गर्ने औपचारिक रणनीति विकास गरेका छैनन्।

Esewa
Crest

क्यापजेमिनीले बीमा क्षेत्रमा एजेन्टिक एआईमा बढ्दो चासोलाई पनि उजागर गरेको छ। जुन ४५० अर्ब डलरको फराकिलो अवसरको हिस्सा हो।

यद्यपि, अध्ययनले देखाउँछ कि धेरैजसो बीमा कम्पनी अझै पनि एआईलाई अपनाउने प्रारम्भिक चरणमा छन् र धेरैसँग स्पष्ट कार्यान्वयन रोडम्यापको अभाव छ।

प्रतिशत ५३ प्रतिशत बिक्री तथा ग्राहक सेवा र ५७ प्रतिशत समर्थन प्रमुख क्षेत्रमा बीमकले एआई एजेन्टले दैनिक कम्तीमा एउटा प्रक्रिया वा उपप्रक्रिया व्यवस्थापन गर्ने अपेक्षा गर्छन्। यी अपेक्षाको बाबजुद एआई एजेन्टप्रति बीमकको विश्वास अझै कम रहेको छ।

बीमा क्षेत्रमा एआईको प्रयोग समग्र विश्वास स्तर सन् २०२४ मा औसत ५४ प्रतिशत थियो। तर, यो घटेर सन् २०२५ मा ४७ प्रतिशतमा झरेको छ।

एआई एजेन्टको कुरा गर्दा बीमकका लागि गोपनीयता (५० प्रतिशत), पूर्वाग्रह (५० प्रतिशत) र पारदर्शिता (५१ प्रतिशत) सबैभन्दा ठूलो जोखिम हुन्। भविष्यलाई हेर्दा २६ प्रतिशत बीमकले एआई एजेन्टले एकदेखि तीन वर्षभित्र मानव कर्मचारीलाई प्रतिस्थापन गर्ने विश्वास गर्छन्। प्रतिवेदनअनुसार ३५ प्रतिशत बीमकले यी एजेन्टले मानव निरीक्षण टोलीभित्र स्वायत्त रुपमा काम गर्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS