IME Life New
GBIME

बैंकहरुमा निक्षेप ७० खर्ब नाघ्यो, सीडी रेसियो ७८% कै लाइनमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा निक्षेप ७० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार १ गतेको तथ्यांकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।

अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६९ खर्ब ९८ अर्ब रुपैयाँ थियो। असार १ गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले बढेको देखिन्छ।

Crest

यसैगरी असार १ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४ अर्ब रुपैयाँले बढेर ६२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६२ खर्ब ५८ अर्ब रुपैयाँ थियो।

असार १ मा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले बढेर ५५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५५ खर्ब ६४ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि असार १ गते ४ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।

औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको बैंकहरुको औसत सीडी रेसियो ७८.४० प्रतिशत रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS